देशका विभिन्न जिल्लाबाट आएका मिटर ब्याज र लघुवित्तपीडितहरूले शुक्रबार काठमाडौंको सडकमा मार्चपास गरेका छन्।
उनीहरूले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई लक्षित गर्दै प्रदर्शन गरेका हुन्।
आफूहरूका माग पूरा नभएसम्म घर नफर्किने अडानमा रहेका उनीहरूले शुक्रबार काठमाडौंको सडकमा खाली खुट्टै आन्दोलनलाई अघि बढाए।
कयौँ दिनसम्म भोक-भोकै हिँडेर आएका उनीहरूले अब काठमाडौँ केन्द्रित आन्दोलन चर्काउने भएका छन्।
गत माघ १६ गते महाकालीको गड्डाचौकीबाट प्रवक्ता निर्ग नवीन र मेची पुलबाट अध्यक्ष अवधेश कुश्वाहा नेतृत्वको टोली काठमाडौं आएको हो।
मिटर ब्याजी र लघुबित्तपीडितहरू विगत ३ वर्षदेखि आन्दोलित छन्। आफूहरूका माग सुनुवाइ नभएपछि ‘न्याय मार्च’ थालिएको हो।
आन्दोलित सर्वसाधारणले लघुवित्त र वित्तीय संस्थाहरूलाई सामन्तीको संज्ञा दिएका छन्। पीडितहरूले ठगीमा संलग्न यस्ता संस्था खारेजी र सामूहिक ऋण मिनाहा माग गरेका छन्।
मिटर ब्याज र लघुवित्तका कारण घरजग्गा-जमिन लिलाम गर्ने अवस्था आएको उनीहरूले बताएका छन्।
Shares
प्रतिक्रिया