ad ad

फोटोफिचर


काठमाडौँसहित बागमती, मधेस र कोसीका धेरै भूभागमा वर्षा (तस्बिर)


सरोज बैजु
चैत ७, २०८० बुधबार १२:२८, काठमाडौँ

आज काठमाडौँसहित देशका धेरै ठाउँमा वर्षा भएको छ।

बागमती, मधेस, कोसीसहितका प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार अहिले पनि काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका सिन्धुली, मकवानपुर तथा मधेश र कोसीका पनि धेरै जिल्लामा वर्षा भइरहेको छ। 

‘पानी पर्ने क्रम आज दिनभरी नै रहने सम्भावना छ,’ मौसमविद् अधिकारीले केहीबेरअघि नेपालखबरसँग भने, ‘काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा बिहानैदेखि पानी परिरहेको छ।’

पछिल्लो ६ घण्टामा ललितपुरमा ७ मिलिमिटर वर्षा भएको अधिकारीले बताए। काठमाडौँमा भने अहिलेसम्म २.६ मिलिमिटर वर्षा भएको छ।

‘यो वर्षा पूर्वतिरबाट विकास हुँदै आएको सिस्टमको कारणले भएको हो,’ अधिकारीले भने, ‘न्यून चापीय प्रणाली यतिबेला भारतको विहार राज्यमा पर्ने अल्लाहवाद आसपपास छ। जुन क्षेत्र मधेस र बागमती प्रदेशको नजिकै पर्छ।’

बागमती प्रदेशका जिल्लामध्ये पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै मकवानपुरको हेटौँडा नजिकै पर्ने राजैया क्षेत्रमा भएकाे छ। १४ मिलिमिटर वर्षा भएको महाशाखाकाे तथ्यांक छ। 

पछिल्लो ६ घण्टामा कोसी प्रदेशको इलाममा ६.६ मिलिमिटर वर्षा भएको छ भने मधेस प्रदेशमा सबैभन्दा धेरै वर्षा सिराहामा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सिराहामा ३० र जनकपुरमा ३.६ मिलिमिटर वर्षा भएको महाशाखाकाे तथ्यांक छ। 

काठमाडौँमा पानी परेपछि...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .