ad ad

फोटोफिचर


यस्तो देखियो काठमाडौंमा राप्रपाको जनप्रदर्शन (तस्बिरहरू)


सरोज बैजु
चैत २७, २०८० मंगलबार १३:३५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा जनप्रदर्शन गरिरहेको छ।

गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले ती माग पूरा गर्न दबाब दिनका लागि जनप्रदर्शन गरेको हो। 

जनप्रदर्शनमा काठमाडौंका दर्जनौँ स्थानबाट जुलुस निकालिँदैछ। जुलुसमा अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेता पशुपति शमशेर जबरासहित सहभागी छन्। 

राप्रपाले ललितपुर, भक्तपुर र आसपासका जिल्लाबाट ऱ्यालीसहित कार्यकर्तालाई उतारेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

प्रदर्शनमा सहभागीहरू अब भृकुटीमण्डपमा पुग्दै छन्। सभालाई अध्यक्ष लिङ्देनसहितका नेताहरूले सम्बोधन गर्दैछन्।

देशभर साना ठूला सभा गर्दै आफ्नो मागका पक्षमा जनमत सिर्जना गरेको राप्रपाले काठमाडौँ केन्द्रित प्रदर्शन गरेको हो। 

के थिए माग?

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने माग गरेको छ।

त्यस्तै संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकारको माग पनि उसले गरेको छ।

केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने, कार्यकारी पदमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक सुनिश्चितता गर्नुपर्ने माग राप्रपाले उठाएको छ।
 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .