आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत आइतवार भइरहेको खेलमा नेपालले यूएईविरुद्ध सानदार सुरुवात गरेको छ।
नेपाली टोलीले यूएईले केबल ८ रन मात्रै बनाएको अवस्थामा उसका ४ विकेट झारेको हो। २४९ रनको चुनौती पछ्याइरहेको यूएई नेपालको कसिलो बलिङसामु निरीह भएको छ।
नेपालका लागि कसिलो बलिङका क्रममा ललित राजवंशीले २ विकेट लिइसकेका छन्। त्यस्तै दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले व्यक्तिगत एक एक विकेट लिएका छन्।
सुरुवातमै यूएईका ओपनर र टप अर्डरलाई धरासायी बनाएपछि नेपाली टोली हौसिएको छ। सुरुमै सफलता पाएपछि नेपाली टोलीले मैदानमा खुसी साटे।
171
Shares
प्रतिक्रिया