राजनीति


एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध

सुदीप भण्डारी
पुस २५, २०७८ आइतबार १४:३४, काठमाडौँ

नेकपा (एमाले) रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी चयन भएका छन्।

अध्यक्षको लागि पुरुषोत्तम घिमिरेले पनि उम्मेदवारी दिएका थिए। तर घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत जिल्ला अध्यक्ष बनेका हुन्। 

एमाले र माओवादी केन्द्र एक भएको बेला केसी नेकपाको जिल्ला सह संयोजक थिए।

एमाले जिल्ला उपाध्यक्षमा जागेश्वरीदेवी चौधरी चयन भएकी छन्। उनी तिलोत्तमाकी उपमेयर समेत हुन्।

सचिवमा यज्ञ गैर निर्वाचित भएका छन्। सोही पदमा उम्मेदवारी दिएका खेम लुइँटेलले उम्मेदवारी फिर्ता लिएपछि गैरे सर्वसम्मत भएका हुन्। 
 

उपसचिवद्वयमा चित्रबहादुर कार्की र हितराज पन्थी चयन भएका छन्। कार्की रुपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख समेत हुन्।

रूपन्देही एमालेका प्रभावशाली नेताहरू उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र अर्का नेता घनश्याम भुसालको गृहजिल्ला हो।

उपाध्यक्षमा विजयी जागेश्वरी भुसाल निकट हुन भने अरु पदाधिकारी विष्णु पौडेल निकट हुन्।

अध्यक्षमा उम्मेदवारी दिएका भुसाल निकट पुरुषोत्तम घिमिरेले अध्यक्षमा दाबी गरेको र अहिलेको सम्बन्धमा पार्टीमाथि बाहिरी आक्रमण भएकाले पार्टीभित्र किचलो देखाउन हुँदैन भनेर उम्मेदवारी फिर्ता लिएको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .