ad ad

राजनीति


नेताहरूको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो : विप्लव

नेताहरूको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो : विप्लव

नेपालखबर
जेठ ७, २०८१ सोमबार १७:१६, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन्।

पद र कुर्सीका लागि नेताहरू राष्ट्रिय हितमा अडिन नसक्ने मुलुक एकदमै कमजोर अवस्था पुगेको उनको तर्क थियो। सोमवार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरु पदीय लोभमा फस्दा शान्ति प्रक्रियाका बाँकी कामहरु पनि ओझेल परेको दाबी गरे।

उनले भने, ‘नेपालका नेताहरुमा एउटा बेचैनि, घेराबन्दी परेको देखिराखिएको छ। घरघरमा क्यापियनहरु देखिन्छन। यो १८ वर्षले के देखाउँछ भने जब अगाडि कुर्सी र पदहरु आईपुग्छन् नि, त्यसपछि हामी बिचलित भएको देख्छौं त्यहाँ।’

उनले नेपालको संविधान विगतका सबै संविधानहरुभन्दा उत्कृष्ट भएपनि त्यसको कार्यान्वयनमा लाग्ने काममा नेताहरु पछि परेको बताए। महासचिव चन्दले बेपत्ता योद्धाहरुलाई राष्ट्रिय सम्मान गर्ने कुरामा राज्यले स्वामित्व लिने कुरामा ढिलाई गर्न नहुने पनि बताए।

उनले भने, ‘यो संविधान पुरानो गएगुज्रेको हो भन्ने सत्य होइन। विगतका सबै संविधान भन्दा यो संविधान परिवर्तनशील र प्रगतिशील छ भन्ने कुरा साँचो कुरा हो। त्यहाँसम्म त भयो। नेपालको राजनीतिक आन्दोलन आत्मनिर्भर बन्न सकिराखेको छैन।’

महासचिव चन्दले मुलुकलाई अघि बढाउन नेताहरुले आत्मनिर्भरताको बाटो रोज्नुपर्ने आवश्यकता पनि औँल्याए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .