हास्य कलाकार जोगिन्दर पानावाला उर्फ शिवशंकर रिजाल आसन्न निर्वाचनमा उम्मेदवारीका लागि सिफारिस भएका छन्। आगामी मंसिर ४ गते एकसाथ प्रतिनिधि सभा तथा प्रदेशभा निर्वाचन हुँदै छ।
रिजाललाई कांग्रेसले सर्लाही क्षेत्र नम्बर ४ बाट प्रदेश सभा सदस्यका लागि समानुपातिकतर्फ सिफारिस गरेको हो।
नेपाल सांस्कृतिक संघमा आबद्ध रहेका रिजालले फेसबुकमार्फत आफू सिफारिसमा परेको जानकारी गराएका हुन्।
रिजालले झण्डै एक दशक टेलिभिजनमा ‘जोगिन्दर बोले प्रणाम जी’ कार्यक्रम चलाए। उक्त कार्यक्रममा अतिथिसँग उनले व्यंग्यात्मक शैलीमा उनीहरूको पेसा र अनुभवबारे कुरा गर्थे। जुन लोकप्रिय भयो। उनले केही फिल्ममा समेत अभिनय गरेका छन्।
हास्य कलाकार रिजालसँगै जिग्री उर्फ कुमार कट्टेल, ‘सितेबा’ उर्फ मधुसुदन पाठक, रेखा थापा लगायतका कलाकार आगामी निर्वाचनमा उम्मेदवार बन्दै छन।
Shares
प्रतिक्रिया