ad ad

राजनीति


मानुषीलाई भोट माग्दै प्रचण्डले भने– बच्चैदेखि चिन्छु, उहाँमा समर्पित भएर लाग्ने गुण छ

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन बनेकाे दाबी
मानुषीलाई भोट माग्दै प्रचण्डले भने– बच्चैदेखि चिन्छु, उहाँमा समर्पित भएर लाग्ने गुण छ

नेपालखबर
कात्तिक ४, २०७९ शुक्रबार ९:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानुषी यमी भट्टराईमा बच्चा बेलादेखि नै समर्पित भएर लाग्ने गुण भएको स्मरण गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा स्मरण गरेका हु्न। 

‘मानुषी जस्ता इनर्जेटिक मान्छे भएकाले संविधानलाई परिमार्जन गर्न भूमिका खेल्छ,’ अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा भने, ‘म बच्चैदेखि चिन्छु मानुषीलाई, उहाँमा समर्पित भएर मिहेनत गरेर लाग्ने गुण छ भन्ने मैले बच्चैदेखि थाहा पाएको हुँ।’

मानुषी काठमाडौं–७ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि साझा उम्मेदवार बनेकी छिन्। उनी सहितको टिमले काठमाडौं–७ को विकासमा टेवा पुर्याउने दाबी गर्दै प्रचण्डले गठबन्धन अहिलेको आवश्यक्ता भएको जिकिर गरेका छन्। 

‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन बनेकाे हो। गठबन्धन बन्दैगर्दा संविधान र लोकतन्त्रको रक्षाका लागि आवश्यक्ता भयो भनेर भनेका थियौं,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘अहिले मुलुकमा दुईवटा गठबन्धन छन्। एउटा अग्रगमन र अर्को पश्चगमन। ४ गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचनजस्तो छैन्। लोकतन्त्र र देशले जित्ने हो कि होइन? भन्ने जवाफ जनताले दिने बेला भएको छ।’

गठबन्धन दलका विषयमा विभिन्न चर्चा भएको भन्दै कांग्रेससँग सहकार्यमा मात्र अहिलेसम्मका परिवर्तनहरु संभव भएको प्रचण्डको भनाई छ। 

‘विभिन्न किसिमका प्रचार भइरहेका छन्, हामीले यो गठबन्धन अहिलेमात्र बनेको जसरी बुझ्नु उचित हुँदैन्। ०४६ सालको आन्दोलन कमयुनिस्ट र नेपाली कांग्रेसको सहकार्यकमा नै संभव भएको हो,’ प्रचण्डले भने, ‘त्यसपछि नयाँ युगतिर देशलाई लैजानका लागि संभव भएको हो।’

काठमाडौं–७ का मतदाता सचेत भएको भन्दै प्रचण्डले नेवार समुदायको कोर एरिया भएको पनि उल्लेख गरे। ‘यो नेवार समुदायको कोर एरिया पनि हो। यहाँ अहिले जस्तो कम्बिनेशन देखिएको छ त्यो यहाँको जनताको भावना बुझ्ने र विकास र समृद्धिको यात्रा अघि बढाउने खालको छ भन्ने मैले बुझेको छु,’ प्रचण्डले भने, ‘मैले बुझेसम्म यस क्षेत्रको भावना र विकासको आकांक्षालाई सम्बोधन गर्न सक्षम छ जस्तो लाग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .