ad ad

राजनीति


प्युठानमा स्वतन्त्र उम्मेदवार सुवेदीले गरे दुर्गा पौडेललाई समर्थन

प्युठानमा स्वतन्त्र उम्मेदवार सुवेदीले गरे दुर्गा पौडेललाई समर्थन

नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १५:२३, काठमाडौँ

प्युठानबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदीले राष्ट्रिय जनमोर्चाका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गरेका छन्।

सुवेदीले उम्मेदवारी फिर्ता लिएर पाँचदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पौडेललाई समर्थन गर्ने स्पष्ट पारेका छन्।

सुवेदीले विज्ञप्तिमार्फत भनेका छन्, ‘देशलाई प्रतिगमनतर्फ लैजाने शक्तिलाई परास्त गरी लोकतन्त्र र राष्ट्रियताको रक्षाका खातिर वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्नुपर्ने आवश्यकता देखिएको हुँदा मैले मेरो उम्मेदवारी फिर्ता लिई वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गरेको छु ।’

प्युठानमा गठबन्धनको तर्फबाट जनमोर्चाकी पौडेल र नेकपा (एमाले) को तर्फबाट सूर्य थापा प्रतिनिधि सभाको चुनावी मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .