ad ad

राजनीति


सिराहा–२ का उम्मेदवार शिवशंकर यादवलाई आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण

सिराहा–२ का उम्मेदवार शिवशंकर यादवलाई आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार ७:२५, काठमाडौँ

निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नम्बर २ का उम्मेदवार शिवशंकर यादवलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ। यादवलाई यसअघि पनि अयोगले स्पष्टीकरण सोधिसकेको छ। 

यसअघि सोधिएको स्पष्टीकरणमा यादवले ‘हाम्रो नेपाली पार्टीको उम्मेदवार भइसकेपछि स्वतन्त्र भनी प्रचारप्रसार नगरेको, आगामी दिनहरूमा पनि प्रचारप्रसार नगर्ने, निर्वाचन आयोगको निर्देशन विपरीत कुनै पनि कार्य नगर्ने’ व्यहोरा आयोगलाई बुझाएका थिए। 

कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै स्पष्टीकरण पेश गर्न निर्देशन दिँदै लेखिएको स्पष्टीकरण पत्रमा अन्यथा प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारीको गराइएको छ।’ आयोगले भनेको छ ‘तपाईंलाई आयोगको प।सं।च।नं। २२र०७९र८० मिति २०७९ असोज ३० को पत्रबाट तपाईंले आफ्नो दलीय आवद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रचार गरेको बारे स्पष्टीकरण सोधिएकोमा तपाईंले हाम्रो नेपाली पार्टीको उम्मेदवार भइसकेपछि स्वतन्त्र भनी प्रचारप्रसार नगरेको, आगामी दिनहरूमा पनि प्रचारप्रसार नगर्ने, निर्वाचन आयोगको निर्देशन विपरीत कुनै पनि कार्य नगर्ने’ भनी स्पष्टीकरण पेश गर्नुभएको व्यहोरा अवगत नै होला।’

पुनः सोही कार्य दोहोरिएको उल्लेख गर्दै आयोगले उनलाई सचेत गराएको हो। 

पत्रमा एकपटक प्रचलित निर्वाचन सम्बन्धी कानून, आयोगको निर्देशन र निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको विषयमा स्पष्टीकरण सोधी सकेको अवस्थामा पुनः सोही कार्य दोहोरिएको देखिएको उल्लेख गर्दै भनिएको छ, ‘तपाईंलाई निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारवाही किन हुनु नपर्ने हो?’ स्पष्ट पार्न भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .