राजनीति


प्युठानमा कांग्रेस बीपी र जसपाको समर्थन सूर्य थापालाई

प्युठानमा कांग्रेस बीपी र जसपाको समर्थन सूर्य थापालाई

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १६:६, काठमाडौँ

प्युठानमा जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेस बीपीले नेकपा एमालेलाई समर्थन गर्ने भएका छन्। 

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा यी दुई दलले सघाउने भएपछि एमाले उम्मेदवार सूर्य थापालाई सहज भएको छ।

नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजयराज विष्ट, कांग्रेस बीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्‍यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति निकालेर तीन बुँदे तालमेल सहमति गरेका हुन्। 

सहमतिअनुसार प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्‍यक्ष उम्‍मेदवारतर्फ सूर्य चिह्नमा मतदान हुने भएको छ।

उनीहरुले प्रतिनिधि तथा प्रदेशसभा समानुपातिक तर्फ आ-आफ्नो पार्टीको चुनाव चिह्नमा मतदान गर्ने र चुनाव प्रचार-प्रसारका क्रममा संयुक्त सभा र घरदैलो गर्ने पनि सहमति गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .