ad ad

राजनीति


शंकर पोखरेल साढे ११ सय मतले पछि परे

शंकर पोखरेल साढे ११ सय मतले पछि परे

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार ०:२५, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ–२ मा सत्ता गठबन्धनभन्दा साढे ११ सय मतले पछि परेका छन्। 

सत्ता गठबन्धनले उम्मेदवार बनाएकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले उनलाई १ हजार १५८ मतले पछि पारेकी छन्। 

पछिल्लो मत परिणाममा शर्माले ४ हजार ७१५ र महासचिव पोखरेलले ३ हजार ५५७ मत पाएका छन्। 

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भएका थिए। 

महरा ४० हजार ४२ मतका साथ विजयी हुँदा उनका निकटतम् प्रतिष्पर्धी राजु खनालले २५ हजार ८९७ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .