ad ad

राजनीति


अहिले माओवादी पहिचानको संकटमा छ : प्रचण्ड

अहिले माओवादी पहिचानको संकटमा छ : प्रचण्ड

प्रेस सेन्टरको कार्यक्रमलाई सम्बोधनका क्रममा प्रचण्ड। तस्बिर : नेपालखबर


नेपालखबर
मंसिर २५, २०७९ आइतबार १६:४२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई अहिले पहिचानको संकट परेको बताएका छन्। 

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई आइतवार ललितपुरमा सम्बोधनका क्रममा प्रचण्डले यस्तो बताएका हुन्। 

'अहिले माओवादी 'आइडेन्टिटी क्राइसिस'मा छ', उनले पार्टीनिकट पत्रकारहरुलाई सम्बोधनका क्रममा भने, 'अरु दल र माओवादीमा केही फरक देखिएन।'

उनले जनयुद्धको जस्तै पार्टीलाई राष्ट्र जनतामा समर्पित शक्ति बनाउनु आवश्यक रहेको बताएका छन्।

'हामीले हिजो जस्तै राष्ट्र र जनताप्रति समर्पित शक्ति बनाउन सक्छौँ त?', प्रश्न गर्दै उनले भने, 'अहिले हामीलाई 'आइडिन्टिटी क्राइसिस भएको छ। हामीलाई पहिचानको समयस्या हुन थालेको छ। हामीले आफ्नो पहिचान सु-स्पष्ट गर्न सक्नुपर्ने चुनौती आएकोछ।'

उनले क्षेत्रीय राष्ट्रिय परिस्थिति अनुसार एउटा आचारसंहिता बनाएर त्यसअनुसार पार्टीमा बस्न पाउने व्यवस्थाको जरुरी रहेको औँल्याए।

'यस्तो आचार-विचार हुनेले मात्रै बस्न पाउने, अरुले नपाउने भन्ने वातावरण बनाउन सकिन्छ त?', उनले सम्बोधनका क्रमा भने, 'माओवादी राष्ट्र र जनताप्रति समर्पित मान्छेहरुको संगठन हो। अब हामी अलग पहिचान बनाउनेतिर लाग्नुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .