नेपाल कांग्रेस संस्थापन इतर नेताहरुको बैठक बस्दैछ। बैठक नेता शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्ने बताइएको छ।
बैठकमा कांग्रेसले सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको बारेमा र पार्टीले बोलाएको केन्द्रीय समिति बैठकबारे छलफल हुने बताइएको छ।
इतर समूहले गठबन्धन टुटेपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर तीव्र आलोचना गरेपछि सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्।
कांग्रेसले पुस २२ गते दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्य समिति बैठक बोलाइसकिएकाले त्यहीँ छलफल गरेर सबै खुलस्त हुने उल्लेख गरे।
168
Shares
प्रतिक्रिया