ad ad

राजनीति


जसपा राजनीतिक समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

जसपा राजनीतिक समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

फाइल।


नेपालखबर
पुस १८, २०७९ सोमबार ९:३, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बस्दै छ। पार्टी प्रचार विभागका अनुसार सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।

वर्तमान राजनीतिकक परिस्थिति र पार्टीको भूमिका, निर्वाचनसम्बन्धी समिक्षा, सरकारमा सहभागिता, एकता लगायतका विषयमा बैठकमा छलफल हुने छ। 

क्रियाशिल एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समितिहरुलाई सक्रिय बनाउन आवश्यक्ता अनुसार विघटन र पुनर्गठन गर्ने लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ। 

निर्वाचनमा पार्टीका उम्मेदवारहरुविरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, पार्टीविरुद्धका गतिविधिमा संलग्न हुनेहरुलाई विधान अनुसार कारबाही गर्ने लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहको प्रचार विभागले जनाएको छ।

त्यस्तै, पार्टी विधान अधिवेशनको लागि पार्टी विधानकको मस्यौदा तयार गर्न ‘विधान मस्यौदा समिति’ गठन गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .