ad ad

राजनीति


अखिल क्रान्तिकारीले फागुन १ सम्म जनयुद्ध सप्ताह मनाउँदै

अखिल क्रान्तिकारीले फागुन १ सम्म जनयुद्ध सप्ताह मनाउँदै

नेपालखबर
माघ २५, २०७९ बुधबार २३:५७, काठमाडौँ

अनेरास्ववियू (क्रान्तिकारी) नेपाल ल क्याम्पस कमिटीले साता लामो जनयुद्ध दिवस मनाउने भएको छ। 

साताव्यापी कार्यक्रम घोषणा गर्दै उसले जनयुद्ध सप्ताह मनाउन सुरु गरेको हो। यसअनुसार बुधबार पहिलो दिन क्याम्पसमा समाजवाद कार्यक्रम गरिएको छ। 

कार्यक्रममा संगठनका केन्द्रीय संयोजक पवन कार्की, केन्द्रीय प्रवक्ता उपदेश यादव, कानुन विभाग सचिव आशा उपर्कोटी, केन्द्रीय सदस्य प्रतिक कार्की लगायतको उपस्थितिमा कार्यक्रम भएको क्याम्पस कमिटीका अध्यक्ष विष्णु ढुङ्गेलले बताए।
 

समाजवादी व्यवस्थाप्रति लामबद्ध हुन आफ्नो हस्ताक्षर र भनाइसहित ऐक्यबद्धता जनाउन सबै विद्यार्थी, कर्मचारी, विभिन्न पेसामा आबद्ध र सबै सर्वसाधारण जनतालाई आग्रह गरिएको थियो। 

विभिन्न व्यक्तिहरुको भनाइ र हस्ताक्षर भएको भिडियो र हस्ताक्षरहरु प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई बुझाउने केन्द्रीय प्रवक्ता उपदेश यादवले बताए। अखिल (क्रान्तिकारी)ले देशभरका शैक्षिक संस्थाहरुमा समाजवादको लागि अभियान सञ्चालन गर्ने संयोजक पवन कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .