राजनीति


सत्ता गठबन्धनका आठ दलको बैठक, बाबुराम पनि मिसिए

सत्ता गठबन्धनका आठ दलको बैठक, बाबुराम पनि मिसिए

बालुवाटारमा जारी आठ दलीय गठबन्धनको बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
फागुन २१, २०७९ आइतबार १७:३१, काठमाडौँ

आठ दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीकव सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन र सम्भावित मन्त्रिपिरषद् विस्तारसहितका एजेन्डामा छलफल गर्न बैठक बसेको हो। 

आइतवार मात्रै गठबन्धनमा रहेको नेकपा मा‌ओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई विश्वासको मत दिएका छन्। 

यस्तोमा बालुवाटारको आठ दलीय गठबन्धनले अन्य प्रदेशबाट एमालेलाई निकालेर सरकारको नेतृत्व लिने निर्णय गर्न सक्नेछन्। 

यो बैठकमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि मिसिएका छन्। उनको दलका नेता महिन्द्रराय यादवले माओवादीको चुनाव चिह्न लिएर सर्लाहीबाट प्रतिनिधिसभाको चुनाव जितेका थिए।

नेपाल समाजवादी र माओवादी केन्द्रबीच एकता तयारी भए पनि पछिल्लो समय त्यसले गति लिन सकेको छैन। 

बैठकमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी छन्। 

त्यसैगरी माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा र शक्ति बस्नेत पनि सहभागी छन्। एकीकृत समाजवादीबाट उपाध्यक्षद्वय राजेन्द्र पाण्डे, प्रमेश हमाल र महासचिव बेदुराम भुसाल उपस्थित छन्। 

बैठकमा लोकतान्त्रिक समाजवादीबाट अध्यक्ष महन्थ ठाकुर र शरतसिंह भण्डारी सहभागी छन्। नेपाल समाजवादी पार्टीबाट अध्यक्ष डा. भट्टराई र जनमत पार्टीबाट मोहम्मद अब्दुल खान उपस्थित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .