ad ad

राजनीति


मन्त्री र उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो बैठक

मन्त्री र उम्मेदवार टुंगो लगाउन कांग्रेसले बोलायो बैठक

फाइल तस्बिर


नेपालखबर
चैत १३, २०७९ सोमबार ८:२, काठमाडौँ

सरकारमा पठाउने मन्त्री र उपनिर्वाचनमा उठाउने उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको अनुसार बैठक मंगलबार (चैत १४ गते) बिहान ९ बजेका लागि बोलाइएको हो। 

कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्य सहभागी हुने छन्।

बैठकले सरकारमा सहभागी हुने मन्त्री र उपनिर्वाचनका लागि उम्मेदवारबारे निर्णय गर्ने बताइएको छ। 

यसअघि शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास (धुम्बाराही) मा बसेको पदाधिकारी बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने सैद्धान्तिक सहमति भएको छ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममै मन्त्रिपरिषद्‌लाई पूर्णता दिने बताएका छन्। 

चितवन–२, तनहुँ–१ र बारा–२ मा उपचनिर्वाचन हुँदै छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:info@nepalkhabar.com
    News:news@nepalkhabar.com

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    advertising@nepalkhabar.com
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .