पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नौ दलीय गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ।
सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साझा न्युनतम कार्यक्रम सार्वजनिक गरिरहेकी छन्।
गठबन्धन सरकारले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दालाई प्राथमिकता दिएर राखेको छ।
गठबन्धन सरकारले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र पूरा गर्ने प्रतिबद्धता जनाएको छ।
सरकारले द्वन्द्वपीडितहरूलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरण व्यवस्था गर्ने पनि जनाएको छ।
विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक यथाशीघ्र पारित गरी आयोग गठन गर्ने पनि सरकारको योजना छ।
57
Shares
प्रतिक्रिया