ad ad

राजनीति


हाम्रो पार्टी छिट्टै प्रदेश सरकारमा पनि सहभागी हुन्छ : माधव नेपाल

हाम्रो पार्टी छिट्टै प्रदेश सरकारमा पनि सहभागी हुन्छ : माधव नेपाल

नेपालखबर
चैत २८, २०७९ मंगलबार १५:४४, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन्। 

मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरुमा सहभागी हुने बताएका हुन्। 

उनले आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागी हुने बताए। 

‘हाम्रापनि मन्त्रीहरू हुनुहुन्छ। गठबन्धन दलमा हामीपनि सामेल छौँ। केन्द्रमा पनि हामी छौँँ,’ अध्यक्ष नेपालले भने, ‘अब बिस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागी गइरहेका छौँ। त्यस अर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भूमिका रहनेछ। पालिकामा जहाँ हाम्रो पार्टी संगठन छ, उहाँहरुको सहयोग लिएर, उहाँहरुसँग समन्वय गरेर गरेर काम गर्नुपर्छ।’ 

शिक्षक संगठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा अघि बढ्न उनले आग्रह समेत गरेका छन्। 

अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताए। शिक्षकहरुको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने उनले बताए। 

कुनैपनि बालबालिकाहरुलाई विद्यालय बाहिर राख्नु नहुने उनको धारणा छ। 

‘शिक्षालाई अत्यधिक महत्व दिएर यसलाई अगाडी बढाउनका लागि शिक्षकहरुको मर्यादालाई, शिक्षकको जिवनस्तरलाई राम्रो बनाउनका लागि राज्यले विशेष लगानी पनि गर्नुपर्छ,’ नेपालले भने, ‘त्यस्तै शिक्षा प्रदान गर्न एकजना बालबालिकापनि विद्यालय भन्दा बाहिर नरहुन् भन्ने सोच राखेर सबै बालबालिकालाई न्यूनतम पनि कक्षा १२ सम्म पढ्ने वातावरण हामीले उपलब्ध गराउनु पर्दछ।’

प्रत्येक युवाहरुलाई हामीले प्राविधिक शिक्षा दिनुपर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .