राष्ट्रपति रामचन्द्र पौडेल बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुने भएका छन्। आगामी मे ६ मा बेलायती राजा चार्ल्सको राज्याभिषेक हुँदै छ।
सो राज्याभिषेकमा सहभागी हुन जाने कार्यक्रम तय भएको शीतलनिवास स्रोतले जानकारी दियो।
स्रोतका अनुुसार मे ४ वा ५मध्ये कुन दिन प्रस्थान गर्ने भन्ने टुंगो लागिसकेको छैन।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीयले राजसिंहासन सम्हालेका थिए।
वकिङघम राजप्रासादले सार्वजनिक गरेको निमन्त्रणासम्बन्धी एक विवरणअनुसार राज्याभिषेक समारोहमा दुई हजार पाहुनालाई आमन्त्रण गरिने छ।
महारानी एलिजावेथको राज्याभिषेक समारोहमा करिब तीन घण्टा चलेको थियो भने त्यसमा एक सय २९ राष्ट्रका आठ हजार दुई सय ५१ देश र क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए।
531
Shares
प्रतिक्रिया