ad ad

राजनीति


प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न चितवन जाँदै

प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेता चुनावी सभालाई सम्बोधन गर्न चितवन जाँदै

नेपालखबर
बैशाख ७, २०८० बिहिबार ७:३८, काठमाडौँ

वैशाख १० गते हुने उपनिर्वाचनका सन्दर्भमा आज चितवनमा सत्तापक्षीय चार दलको संयुक्त आमसभा हुँदैछ।

दिउँसो ३ बजे कालिका नगरपालिका ४ पदमपुरस्थित क्याम्पस फुटबल मैदानमा गठबन्धनको आमसभा तय भएको हो। आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसहित अन्य ३ पूर्वप्रधानमन्त्री जाँदैछन्।

चुनावीसभालाई प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सहभागी हुँदैछन्।

चुनावीसभामा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला पनि सहभागी हुनेछन्।

चितवन २ बाट गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए।

नागरिकतासम्बन्धी मुद्दामा अदालतले रविको नागरिकत अवैध ठहर गरेसँगै उनको सांसद पद खारेज भएको थियो। रविको पद गएसँगै रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

चितवन २ मा रविसहित विभिन्न दलकासहित २२ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये सबैभन्दा बढी चर्चा रास्वपा, नेकपा एमाले,  र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका साझा उम्मेदवारको छ।  

नागरिकता पुनर्प्राप्तिपछ रविले पुन: यहाँबाट उम्मेदवारी दिएका छन्। नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

निर्वाचन नजिकिएसँगै चितवनको चुनावी सरगर्मी तातिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .