ad ad

राजनीति


अयोग्य लडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य हुँदैन, मा‌ओवादी सरकारको विरोध गरौँ: कोइराला

अयोग्य लडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य हुँदैन, मा‌ओवादी सरकारको विरोध गरौँ: कोइराला

फाइल तस्बिर।


नेपालखबर
बैशाख १४, २०८० बिहिबार ९:२७, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व लडाकुलाई पैसा बाँड्ने कार्य स्वीकार्य नहुने बताएका छन्।

बिहीबार फेसबुकमा लेख्दै उनले अयोग्य पूर्वलडाकुलाई पैसा होइन, रोजगारी दिनुपर्ने बताए।

'विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन, उनले लेखेका छन्।

उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने पनि बताएका छन्। सरकारको यस्तो कार्य रोकेर भविष्यका लागि सचेत बन्नुपर्ने उनले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .