ad ad

राजनीति


श्री ३ महाराजले पनि सुझाव लिन्थे, लोकतन्त्रमा हाम्रो सुझाव अस्वीकृत गर्ने? - गोकर्ण विष्ट

श्री ३ महाराजले पनि सुझाव लिन्थे, लोकतन्त्रमा हाम्रो सुझाव अस्वीकृत गर्ने? - गोकर्ण विष्ट

नेपालखबर
जेठ १०, २०८० बुधबार १३:२९, काठमाडौँ

नेकपा एमालेका सांसद गोकर्ण विष्टले सांसदहरूले दिएका सुझाव अनुसार नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने बताएका छन्।

अहिले नीति तथा कार्यक्रममाथि छलफल भए पनि सुझाव अनुसार केही थपघट नहुने अहिलेको व्यवस्था राणाकालको भन्दा अलोकतान्त्रिक भएको उनले बताए।

सरदार भीमबहदुर पाँडेले 'त्यस बखतको नेपाल'मा लेखेको एक उदाहरण दिँदै राणाकालमा वि.सं. २००१ मै पनि श्री ३ महाराजले सुझाव संकलन गर्ने गरेकोव बताए।

'जुद्ध शमशेरले २००१ साल श्रावनमा कसो गरेमा नेपालको चाँडो उन्नति हुनसक्छ भनेर १५ दिनमा हाम्रो हजुरमा सुझाव पेश गर्नु भनेर सूचना जराी गरे,' उनले भने, 'मेजर जर्नेल विजय शमशेरले पूर्वपश्चिम-उत्तरदक्षिण रेलमार्ग, रेलवे, रोपवे, एक नयाँ विश्वविद्यालयलगायत ५६ पृष्ठको मस्यौदा पेश गरे। अहिले यो संसद्‌मा हामी माननीय सदस्यले सरकारलाई दिएका सुझावलाई अस्वीकार गर्छौँ।'

यो पद्धतिलाई सुधार नगरी संसदीय व्यवस्था सुदृढ नहुने भनाइ उनले राखे। 'सुझावकाविरुद्ध टेलब ठोकेर, ताली ठोकेर पास गर्छौँ, रचनात्मक सुझालाई आत्मसाथ गरी संशोधन गर्न ध्यान नदिए। संसदीय अभ्यास हुन्छ भन्ने सदस्यले हुन्छ भन्नुहोस्, हुन्न भन्ने सदस्यले हुन्न भन्नुहोला। हुन्छ भन्ने सदस्यको बहुमत भएकाले यो प्रस्ताव बहुमतले पारित भएको छ मा सीमित हुन्छ।'

यसले आजका गम्भीरता र चुनौतीलाई सम्बोधन गर्न नसक्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .