ad ad

राजनीति


रवि नभएका बेला रास्वपा संसदीय दलको बैठक बस्दै, नागरिकता विधेयक र सांसद विकास कोष एजेन्डा

रवि नभएका बेला रास्वपा संसदीय दलको बैठक बस्दै, नागरिकता विधेयक र सांसद विकास कोष एजेन्डा

विराजभक्त श्रेष्ठ


नेपालखबर
जेठ १८, २०८० बिहिबार ९:५६, काठमाडौँ

राष्ट्रपतिले बुधबार मात्र प्रमाणीकरण गरेको नागरिकता विधेयक र सरकारले ब्युँताएको सांसद विकास कोषबारे छलफल गर्न आज (बिहीबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ। 

रास्वपा स्रोतका अनुसार बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो।

बैठक संसदीय दलका कार्यवाहक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्नेछ। किनकि पार्टी सभापतिसमेत रहेका दलका नेता रवि लामिछाने बुधबार पत्नीसहित भारत गएका छन्।

व्यक्तिगत कामका लागि भन्दै लामिछाने मुम्बईमा भएकै बेला रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो।

नागरिकता विधेयक र सांसद विकास कोषका विषयमा रास्वपाभित्र एकमत  छैन। नागरिकता विधेयकका विषयमा सभापति लामिछाने र सांसद मनीष झाको फरक धारणा सार्वजनिक भइसकेको छ। 

यस्तै सांसद विकास कोषबारे पनि रास्वपाभित्र फरक–फरक धारणा छन्। रास्वपा सांसद सुमना श्रेष्ठले यसको विरोध गरेकी छन्।

व्यापक आलोचना भएपछि दुई वर्षअघि एमाले नेतृत्वको सरकारले खारेज गरेको ‘सांसद विकास कोष’ भनेर पनि चिनिने ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’  ब्युँताउँदै वर्तमान सरकारले प्रत्यक्ष निर्वाचित हरेक प्रतिनिधिसभा सदस्यलाई आफ्नो क्षेत्रमा विकासका लागि ५ करोड रुपैयाँ दिने घोषणा आगामी आर्थिक वर्षको बजेटमार्फत गरेको छ। 

यस्तै एमाले पृष्ठभूमिकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌बाट दुई–दुईपटक पारित गरेर पठाउँदा पनि राष्ट्रपति कार्यालयमै रोकेर राखेको नागरिकता विधेयक वर्तमान सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेपछि यसका पक्ष र विपक्षमा बहस भइरहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .