ad ad

राजनीति


समाजवादी मोर्चा नेपालको राजनीतिको नयाँ मोड र प्रयोग हो : विप्लव

समाजवादी मोर्चा नेपालको राजनीतिको नयाँ मोड र प्रयोग हो : विप्लव

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८० सोमबार १७:४, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लवले चार दल सम्मिलित समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड भएको बताएका छन्। 

राष्ट्रियसभागृहमा आयोजित मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुुन्। 

‘यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो। नयाँ प्रयोग हो,’ उनले भने, ‘यो नेपालको इतिहासमा कमै प्रयोग भएको छ। यसरी यसअघि प्रयोग भएको छैन।’

सरकारमा भएको पार्टी र बाहिर भएका पार्टी पनि यस मोर्चामा रहेको भन्दै उनले परिवर्तन र उपलब्धिको रक्षा गर्न मोर्चाले भूमिका खेल्ने बताए। 

उनले यो नेपालको इतिहासमा एउटा संयोग बनेको पनि बताएउ। 

‘अग्रगमन र पश्चगमनको लडाईंमा नेपाल उभिरहेको छ। यो परिस्थिति सामान्य छैन। यो परिस्थितिमा चार राजनीतिक दलको छलफलपछि सबैको सुझाव र चाहना अनुरुप आजको संकटबाट देशलाई अन्त्य गर्नुपर्छ,’ विप्लवले भने, ‘प्रतिगामीलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .