ad ad

राजनीति


विप्लवलाई उपेन्द्रले भने : मधिसे होइन, मधेसी समुदाय भन्नुस्

विप्लवलाई उपेन्द्रले भने : मधिसे होइन, मधेसी समुदाय भन्नुस्

समाजवादी मोर्चा घोषणा कार्यक्रम। तस्बिर : सरोज बैजु


नेपालखबर
असार ४, २०८० सोमबार १७:१६, काठमाडौँ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अझै पनि मधेसी समुदाय हेपिएको अवस्थामा रहेको बताएका छन्।

अहिले पनि आफ्नै देशका नागरिकहरु नागरिकताबाट बञ्चित रहेको बताउँदै राज्यले गरिरहेको यो विभेद अन्त्य गर्नुपर्ने बताए। 

यादवले संसद्ले दुई दुई पटक पास गर्दा पनि तत्कालीन राष्ट्रपतिले नागरिकता विधेयक रोकेर आफ्नै देशका नागरिकलाई विभेद गरेको बताए। 

उनले अहिले पनि राजनीतिक रुपले धेरै काम गर्न बाँकी बताउँदै मधेसी समुदायलाई मधिसे भनेर नहेप्न आग्रह गरे।

उनीभन्दा अगाडि समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पटक पटक मधिसे भनेपछि यादवले आपत्ति जनाएका हुन्। 

‘आज पनि नेपालमा मधेशी समुदायलाई हेपिने क्रम रोकिएको छैन’, उनले विप्लवको भनाइतिर लक्षित गर्दै भने, ‘मधिशे समुदाय नभन्नु होला, मधेसी समुदाय भन्नु होला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .