राजनीति


धादिङमा प्रधानमन्त्रीले भने : असारभित्रै बूढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास हुन्छ

धादिङमा प्रधानमन्त्रीले भने : असारभित्रै बूढीगण्डकी जलविद्युत् आयोजना शिलान्यास हुन्छ

रासस
असार ११, २०८० सोमबार १७:२२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन्। 

उक्त आयोजना निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले मोडालिटीका विषयमा सहमति भएकाले आवश्यक प्रक्रिया छिट्टै सुरु हुने बताए। 

‘हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशकलाई एक हप्ताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु’, उनले अगाडि भने। 

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्रीले राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताए।

उनले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने लगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएकाले दीर्घकालीन प्रभाव पार्ने बताए।

प्रधानमन्त्रीले आगामी पाँच वर्षसम्म यही गठबन्धन रहने दाबी समेत गरे। 

‘अहिले यो सरकारको आयु कति? भनेर मिडियामा हुने चल्ने गरेको छ। पाँच वर्षसम्म यो गठबन्धन केही हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ’, उनले भने। 

प्रचण्डले १८औँ शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ? नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै दुनियाँले के भन्छ? त्यतातिर भन्दा आफ्नो ध्यान राम्रो गर्दै जाने रहेको बताए। 

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतमा राम्रो गरे पनि नकारात्मक प्रवृति भएकाले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो। 

आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनले विश्वाससमेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .