राजनीति


मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पीडितसँग गृहमन्त्रीले वार्ता गर्ने

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पीडितसँग गृहमन्त्रीले वार्ता गर्ने

नेपालखबर
असार २४, २०८० आइतबार १५:५, काठमाडौँ

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपनि पीडितहरूले अहिले संसद भवन अगाडि आन्दोलन र धर्ना दिइरहेकाबेला उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफैँ वार्ता गर्ने भएका छन्।

नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि अध्यादेश निष्क्रिय भएको थियो। 

संसद अवरुद्ध भएकै कारण विधेयक निष्क्रिय भएपछि पीडितहरु आक्रोशित भएर फेरि काठमाडौंमा धर्ना दिन आइपुगेका हुन्। 

अहिले संसद बैठक लगत्तै उनी पीडितहरु भएकै ठाउँमा पुगेर वार्ता गर्ने उनको सचिवालयले जनाएको छ। 

संसद बैठक ३ बजे बस्ने तय भएको छ। आजै संसदमा मिटरव्याज सम्बन्धि विधेयक प्रक्रियामा लैजाने तयारी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .