ad ad

राजनीति


नक्कली शरणार्थी, सुन प्रकरणविरुद्ध अभियान अघि बढाएपछि हामीविरुद्ध घेराबन्दी छ : प्रधानमन्त्री

नक्कली शरणार्थी, सुन प्रकरणविरुद्ध अभियान अघि बढाएपछि हामीविरुद्ध घेराबन्दी छ : प्रधानमन्त्री

नेपालखबर
भदौ १२, २०८० मंगलबार १०:५९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी, सुन तस्करी प्रकरणलगायत भ्रष्टाचारविरुद्ध अभियान अघि बढाएपछि आफूहरूविरुद्ध घेराबन्दी भइरहेको बताएका छन्। 

आज (मंगलबार) बिहान राष्ट्रिय सभागृहमा आयोजित नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले आफूहरूविरुद्ध कुप्रचार भइरहेको बताएका हुन्। 

तर ती प्रकरणविरुद्धका अनुसन्धान नरोकिने, बरु तीव्र हुने उनको दाबी छ।   

‘नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, तस्करीको जालो तोड्ने काम अगाडि बढेको छ। यो यहीँ रोकिनेवाला छैन’, प्रधानमन्त्रीले प्रचण्डले भने, ‘भ्रष्टाचारविरुद्धको अभियान थप तीव्र भएर जान्छ। हामीविरुद्ध घेराबन्दी छ, अनेकौँ कुप्रचार छ। तर, हामी दृढताका साथ नै अघि बढ्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .