राजनीति


‘प्रचण्डजी र माओवादीले गरेको गल्तीको अपजस कांग्रेसले बोक्न सक्दैन’

‘प्रचण्डजी र माओवादीले गरेको गल्तीको अपजस कांग्रेसले बोक्न सक्दैन’

फाइल तस्बिर


नेपालखबर
असोज ५, २०८० शुक्रबार १५:५४, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले यो देशमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल सरकार रहेको सन्देश बाहिर गइरहेको  बताएका छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने क्रममा उनले अहिलेको सरकार माओवादीको मात्रै हो भन्ने भान जनतामा भएको पनि उल्लेख गरे। 

‘अहिले सरकार माओवादीको मात्रै हो भन्ने सन्देश गएको छ’, उनले भने, ‘गल्ती माओवादीले गर्ने तर त्यसको दोष कांग्रेसको काँधमा थोपर्न काम भइरहेको छ।’

उनले यो देश बिस्तारै अराजकताति गइरहेको पनि बताएका छन्। ‘यो देश बिस्तारै एनार्की (अराजकता) तिर गइरहेको छ’, उनले भने, ‘अहिले मेजर सिट कांग्रेसको छ, गल्ती उहाँहरुले गर्ने अपजस कांग्रेसलाई बोकाइँदैछ। यसबारे कांग्रेसले गम्भीरतापूर्वक सोचोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .