ad ad

राजनीति


बेइजिङको अस्पतालको बेडमा गृहमन्त्री श्रेष्ठ

बेइजिङको अस्पतालको बेडमा गृहमन्त्री श्रेष्ठ

नेपालखबर
कात्तिक ४, २०८० शनिबार ९:५२, काठमाडौँ

चीनमा उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। 

चीन भ्रमणका क्रममा तीन दिनअघि हृदयाघात (हर्टअट्याक) भएपछि उनको अहिले बेइजिङस्थित इन्टरनेसनल मेडिकल साइन्सेज हस्पिटलमा उपचार भइरहेको छ। 

अस्पतालको नर्मल बेडमा श्रेष्ठ मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उनका भतिज सुरेशकाजी श्रेष्ठले गृहमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको जानकारी दिएका हुन्। 

अस्पतालको बेडमा बसिरहेको बेला आफ्ना भान्जाले काइँयोले कपाल मिलाइ दिँदा उनी मुस्कुराइरहेका देखिन्छन्। 

बीआरआई सम्मेलनमा भाग लिन चीन पुगेका बेला गृहमन्त्री श्रेष्ठलाई बिहीबार राति अचानक हृदयाघात भएको थियो। 

अवस्था सामान्य बन्दै गएपछि उनलाई शुक्रबार रातिदेखि आईसीयूबाट जनरल वार्डमा सारिएको छ।  

हृदयाघात भएपछि श्रेष्ठको मुटुको एन्जीओप्लास्टी गरिएको छ। मुटुको अपरेसनपछि उनी खतरामुक्त भएका छन्।

गृहमन्त्री श्रेष्ठ बीआरआई सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन गएका हुन्। सम्मेलनमा सहभागी भएर श्रेष्ठ शुक्रबार नेपाल फर्किने कार्यक्रम थियो। बिरामी परेपछि उनको चीन बसाइ लम्बिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .