ad ad

राजनीति


कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा हाले : प्रचण्ड

कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा हाले : प्रचण्ड

नेपालखबर
असोज ७, २०८१ सोमबार १९:४६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेण्डाको कथा हालेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि दुई ठूला दल कांग्रेस–एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गरे।

अध्यक्ष दाहालले त्यसपछि दुवै दलले संविधान संशोधन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर कहीँकतै सुनिएको थियो? भनि सहभागीहरूलाई प्रश्न पनि गरे। कांग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको अध्यक्ष दाहालको भनाई थियो।

उनले भने, ‘उहाँहरुको एजेण्डा संविधान संशोधन थिएन २/४ दिन अगाडिसम्म। उहाँहरुले कहिल्यै यो संविधानको समिक्षा गर्नुपर्यो, संविधानले गर्दा राजनीतिक स्थिरता भएन भन्ने गर्नुभएको थिएन। तपाईहरु कसैले सुन्नुभएको छ? नेकपा एमाले अहिलेको प्रधानमन्त्रीको पार्टी या नेपाली कांग्रेसले पनि संविधान संशोधन गर्नुपर्यो भनेर छलफल गरेको थिएन। होइन। उहाँहरुलाई चाहिएको सरकार थियो।’

उनले कांग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अंग हो भन्ने कुराको मर्मलाई आत्मासात नगरेको पनि बताए। उनले कांग्रेस–एमालेले संविधान संशोधनको एजण्डा कहिल्यै नलिएको दाबी गरे। मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसमा ठूला दलहरु गम्भिर बन्नुपर्ने बताए।

अध्यक्ष दाहालले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई पनि नभएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .