ad ad

राजनीति


श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले अझै बुझाएनन् स्नातकको प्रमाणपत्र

भोलिसम्म नबुझाए नाम अस्वीकृत गर्ने तयारी
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले अझै बुझाएनन् स्नातकको प्रमाणपत्र

नेपालखबर
असोज ७, २०८१ सोमबार १७:३, काठमाडौँ

श्रीलंकका लागि राजदूत प्रस्तावित भएका रामकृष्ण भट्टराईले अझै पनि संसदीय सुनुवाइ समितिमा आवश्यक शैक्षिक योग्यताको प्रमाण पत्र बुझाउन सकेका छैनन्।

उनीबारे निर्णय लिन सोमबार समितिको बैठक बोलाइएको थियो। समिति सदस्य श्याम घिमिरेका अनुसार दुई तिहाइ सदस्यको उपस्थिति नपुग्दा भट्टराईबारे निर्णo भएन।

तर, उनले राजदूत बन्न चाहिने आवश्यक स्नातक तहको शैक्षिक योग्ताको प्रमाणपत्र अझै समितिमा प्राप्त नभएको घिमिरेले बताए।

‘समितिले अहिलेसम्म उहाँको प्रमाणपत्र पाएको छैन,’ उनले भने, ‘परराष्ट्रले भोलिसम्म नदिएपछि केही न केही निर्णय हुन्छ।’

समितिको अर्को बैठक मंगलबार बिहान ९ बजे बोलाइएको छ। त्यतिबेलासम्म प्राप्त नभए भट्टराईको नाम अस्वीकृत हुने समिति सदस्यहरुले बताएका छन्।

प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम संसदीय समितिले अनुमोदन गरेको थियो। तर, त्यतिबेला भट्टराईको स्नातकको प्रमाणपत्र नपाइएपछि उनको विषयलाई थाँती राखिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .