राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने भएका छन्।
जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पीडितहरूको र उद्धारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेका हुन्।
शुक्रबार ११.४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति पु¥याएको छ।
अध्यक्ष तिमिल्सनाले प्रकृतिक विपत्तीको यो क्षणमा सिंगो राष्ट्र नै एक भएर घाइतेहरुको उद्धार र पिडीतहरुका लागि राहत तथा पूर्नस्थापनामा जुट्न सबैलाई आग्रह पनि गरे।
21
Shares
प्रतिक्रिया