राजनीति


दुबईमा प्रधानमन्त्री प्रचण्डको अग्रसरताः पर्वतीय मुलुकको बेग्लै गोलमेच

दुबईमा प्रधानमन्त्री प्रचण्डको अग्रसरताः पर्वतीय मुलुकको बेग्लै गोलमेच

नेपालखबर
मंसिर १६, २०८० शनिबार १३:१५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायु संकटका विषयमा गोलमेच बैठकको आयोजना गरेका छन्।

‘द माउन्टेन्सः हु सेभ्स अस फ्रम द क्लाइमेट क्राइसिस’ विषयमा उच्चस्तस्तरीय बैठकमा उनले आफ्नो सम्बोधनसहित अध्यक्षता गरेको उनको सचिवालयले जनाएको छ।

संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८)का लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा पुगेका उनले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, नेपालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको कार्यक्रममा छुट्टै बैठकको अध्यक्षता  गर्दै उच्चस्तरीय गोलमेच गरेको यो पहिलोपटक हो। 

बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटरेसले विशेष सम्बोधन गरेका छन् भने युरोपेली मुलुक एन्डोराका प्रधानमन्त्री जाभी एस्पट जामोरा, गणतन्त्र किर्गिसका विदेशमन्त्री र भुटानका विदेश सचिवले पनि सम्बोधन गरेका छन्।

बैठकमा नेपालदेखि अन्टार्कटिकासम्म देखिएको जलवायु परिवर्तनको असर र मानव जीवनमा यसले पारेको नकारात्मक प्रभावबारे आइसीसीआई, इसिमोडलगायतका अन्तर्राष्ट्रिय संस्थासँगग आबद्ध विषयविज्ञद्वारा प्रस्तुतीकरण गरिएको छ भने संयुक्त राष्ट्र संघीय कृषि तथा खाद्य संगठनका महानिर्देशक डा क्यु डोङयुले जलवायु परिवर्तनले कृषि तथा खाद्य प्रणालीमा पारेको प्रभावबारे चर्चा गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .