मध्यपहाडी लोकमार्गको महाकाली मेची पदयात्राको नेतृत्व गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अछाम पुगेका छन्।
शनिबार अध्यक्ष ओली एमाले नेता डा.भीम रावलको गृहजिल्ला अछाम पुगेका हुन्।
बैतडीको झुलाघाटबाट बिहीबार सुरु भएको एमालेको महाकाली-मेची पदयात्राको नेतृत्व ओलीले गरेका छन्।
रावलकै गृहप्रदेशबाट एमालेले थालेको अभियानमा उनी भने सहभागी छैनन्।
बैतडी, डडेल्धुरा, डोटी हुँदै अछाम पुगेको ओली नेतृत्वको पदयात्राको टोलीले त्यहाँ आमसभालाई सम्बोधन गर्ने तय भएको छ।
यो टोली शनिबार अछामको मंगलसेनामा बास बस्नेछ।
झुलाघाटबाट सुरु भएको एमालेको पदयात्रा पूर्वको चुवा भञ्जाङमा गएर टुंगिनेछ।
48
Shares
प्रतिक्रिया