सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको सुनुवाइ सकिएको छ। सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित ६ जनाकै सुनुुवाइ सकिएको हो।
सोमबार प्रस्तावित न्यायाधीशमध्ये सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालसँग सुनुुवाइ गरेको थियो।
अब सुनुवाइ भएका प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदनका लागि पुस ४ गते बैठक बस्ने बताइएको छ।
सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि न्याय परिषद्को गत मंसिर ५ गते बसेको बैठकले छ जना न्यायाधीश सिफारिस गरेको थियो।
सिफारिस भएका न्यायाधीशहरूमा शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका थिए।
उनीहरूको संसदीय सुनुवाइ सकिएको छ। समितिको यही पुस ४ गते बैठक बसी उनीहरूलाई अनुमोदन गर्ने वा नगर्ने विषयमा समितिले निर्णय गर्नेछ।
समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।
Shares
प्रतिक्रिया