नेकपा एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा बलिराम यादव निर्वाचित भएका छन्।
मतदान प्रक्रियामा यादवले २ सय ५९ मत प्राप्त गरी निर्वाचित भए। उनका प्रतिस्पर्धी शिवचन्द्र सिंहले १ सय ५५ मत प्राप्त गरे।
त्यस्तै उपाध्यक्षमा अम्बिकाप्रसाद गौतम निर्वाचित भए। सचिवमा शम्भु ठाकुर चुनिए।
यसैगरी उपसचिवमा फेकन राम र बिन्दु किङ्ग्रिङ्ग निर्वाचित भएका छन्।
लेखा समिति अध्यक्षमा सूर्यप्रसाद सिंह कुशवाहा पनि मतदान प्रक्रियाबाट निर्वाचित भए।
15
Shares
प्रतिक्रिया