ad ad

राजनीति


लघुवित्त पीडितहरू संसद्‍मा छिरेपछि सभामुखले आईजीपीसँग मागे जानकारी

लघुवित्त पीडितहरू संसद्‍मा छिरेपछि सभामुखले आईजीपीसँग मागे जानकारी

फाइल तस्बिर


नेपालखबर
फागुन १४, २०८० सोमबार १६:३७, काठमाडौँ

संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको विषयमा सभामुख देवराज घिमिरेले गम्भीर चासो लिएका छन्। 

सभामुख घिमिरेले सोमबार नै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट घटनाबारे जानकारी लिएका उनको सचिवालयले जनाएको छ। 

घिमिरेले संसद् भवनको सुरक्षा व्यवस्थापनबारे आफू गम्भीर र चिन्तित भएको पनि आईजीपी कुवँरसँग बताएका छन्। 

लघुवित्त पीडितहरू नयाँबानेश्वरस्थित निषेधित क्षेत्र छिचोल्दै संसद् भवन परिसरमा छिर्न सफल भएका थिए। 

कडा सुरक्षालाई छिचोलेर संसद् भवन परिसरमा छिरेका उनीहरूले नाराबाजीसमेत गरेका थिए। 

प्रदर्शन गर्दै करिब ५० जनाको संख्याका पीडितहरू संसद् भवन परिसरमा छिर्न सफल भए थिए। 

त्यसपछि उनीहरूमध्ये ४९ जनालाई संसद् भवन परिसरका सुरक्षाकर्मीले घेरा हालेर पक्राउ गरेका थिए। 

संसद् भवन परिसरमा छिरेका लघुवित्त पीडितहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .