राजनीति


एमाले सिध्याउने गठबन्धन टुट्यो : ईश्वर पोखरेल

एमाले सिध्याउने गठबन्धन टुट्यो : ईश्वर पोखरेल

नेपालखबर
फागुन २६, २०८० शनिबार १६:३, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गरेका छन्। 

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले देश भित्र र बाहिरका केही शक्तिहरुले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको अपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरू सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको पनि बताए।

‘त्यो षड्यन्त्रपूर्ण ढंगले बनेको गठबन्धन पराजित भएको हो। त्यो गठबन्धन भत्केको हो। त्यस अर्थमा हामी यसलाई सकारात्मक रुपमा लिन्छौं। नयाँ ढंगले आउ भन्ने हाम्रो प्रस्ताव हो। हामी त्यस अनुरुप अगाडि बढन चाहन्छौं,’ पोखरेलले भने। 

शनिबार पार्टीको काठमाडौं महानगरपालिका वडा नम्बर ५ को १२ औं अधिवेशनमा बोल्दै उनले  नयाँ सत्ता समिकरणलाई पनि मिसन–२०८४ पूरा गर्न सहयोगीको रुपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गरे। 

वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पु¥याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको पनि बताए। 

‘हामीले भनेका छांै–मिसन २०८४। हामीले मिसन– २०८४ भनेका छौं। मिसन २०८४ भनेको के? २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्छ। एमाले एक्लैले बहुमत ल्याउनुपर्छ। क—कसलाई समेटेर जाने हो, त्यो अलग कुरा हो। तर एमालेले बहुमत ल्याउनुपर्छ। त्यसको लागि मिसन २०८४ भनेको त्यो निर्वाचनमा बहुमत नल्याउने हो भने देशको दुर्दशा बदल्न सकिँदैन,’ उनले भने।

उनले नयाँ सत्ता समिकरणमार्फत् मुलुकको बेथितितर्फ गईरहेको राजनीतिलाई सही दिशामा ल्याउन सक्दो कोसिस गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। 

‘निर्वाचन भन्दा पहिलो राष्ट्रब्यापी रुपमा जो गठबन्धन गरेर एमालेको बिरुद्ध हमला गरियो। त्यो अपराधिक योजना अन्तरगत थियो भनेर हामीले भन्यौँ। अहिले पनि हाम्रो विश्लेषण यही हो। अनि, यो अहिले हेरफेर भयो नि,’ उनले भने।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकलाई सही बाटोमा अघि बढाउनका लागि भ्रष्टाचारबिरोधी अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .