ad ad

राजनीति


एसपी बढुवामा प्रचण्ड र ओलीका पूर्वपीएसओ हावी, पहिलो नम्बरकै डीएसपी छुटे

एसपी बढुवामा प्रचण्ड र ओलीका पूर्वपीएसओ हावी, पहिलो नम्बरकै डीएसपी छुटे

नेपालखबर
चैत १५, २०८० बिहिबार १२:३२, काठमाडौँ

नेताको पहुँचका प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्राथमिकता दिँदै नेपाल प्रहरीमा रिक्त ८ जना प्रहरी उपरक्षिक (एसपी) मा बढुवा सिफारिस गरिएको छ।

डीएसपीको वरीयतामा पछाडि रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीका पीएसओलाई बढुवा गरिएको छ। 

तर पहिलो नम्बरमा रहेका डीएसपी प्रदीप क्षेत्री भने ८ जना बढुवा हुँदा पनि छुटेका छन्। ६ महिनादेखि रिक्त रहेका एसपीमा प्रतिस्पर्धी १२ डीएसपीमध्ये क्षेत्री पहिलो नम्बरमा थिए। 

तर डीएसपीको वरियतामा अन्तिममा रहेका प्रधानमन्त्री प्रचण्डका पूर्वपीएसओ बिनोद घिमिरे बढुवा भएका छन्। 

डीएसपी प्रदीपबहादुर क्षेत्री

डीएसपीमा तेस्रो नम्बरमा रहेका ढकेन्द्र खतिवडा पहिलो नम्बरमा बढुवा भएका छन्। अंगुर जिसी र यादव ढकाललाई वरीयतामा कायम राख्दै बढुवा गरिएको छ। 

तर पूर्वप्रधानमन्त्री ओलीका पूर्वपीएसओ सन्तोष तामाङले फड्को मारेका छन्। तामाङलाई चौथो नम्बरमा सिफारिस गरिएको छ। 

श्यामबाबु ओलीया र निरन्जनदत्त भट्ट पनि एसपी बढुवामा अटाएका छन्। उनीहरु डीएसपीको वरीयतामा पनि अगाडि नै थिए। नारायण रञ्जितकारलाई पनि छुटाएर ओलीका पूर्व पीएसओ राजन लिम्बू सातौं नम्बरमा बढुवा गरिएको छ। 

घिमिरेभन्दा अगाडि रहेका एकनारायण कोइराला र अनन्तराम शर्मा पनि बढुवामा अटाएनन्। 

यसअघि २०८० वैशाख १९ गते २२ जना एसपी बढुवा गर्दा उनीहरुकै ब्याचबाट वरीयताअनुसार गरिएको थियो। तर कार्यक्षेत्रमा राम्रो हुँदाहुँदै पनि वरीयतामा अगाडि रहेको भन्दै केही विवादित डीएसपी एसपी भएका थिए। 

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएदेखि नै प्रहरीमा वरीयता अनुसार बढुवा गरिँदै आएको थियो। तर गृहमन्त्रीमा रवि लामिछाने आएपछि भने नेताको पहुँचवाला अगाडि आएका हुन्।

उनीहरु २०७२ भदौमा इन्सपेक्टरबाट एकसाथ डीएसपीमा बढुवा भएका थिए।

नाम-सूची हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .