राजनीति


इलाममा मतदान केन्द्र बाहिर एक्जिट पोल गराउन खोज्ने प्रहरी नियन्त्रणमा

इलाममा मतदान केन्द्र बाहिर एक्जिट पोल गराउन खोज्ने प्रहरी नियन्त्रणमा

इलाममा भइरहेको मतदान (फाइल तस्बिर)


नेपालखबर
बैशाख १५, २०८१ शनिबार १२:४, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ मा भइरहेको निर्वाचन अन्तर्गत सदरमुकाम इलाम बजारस्थित महेन्द्ररत्न क्याम्पस केन्द्र बाहिर एक्जिट पोल (नक्कली मतदान) गराइरहेको पाइएको छ।

शनिबार भइरहेको मतदानमा मतदान गरेर फर्किएकाहरूसँग पुनः मतदान गराउने प्रयास गरिरहेको अवस्थामा केही सामान जफत भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका उपरिक्षक वासुदेव खतिवडाले मतदान केन्द्रबाहिर केही मान्छेहरू मतदातालाई मतदानबारे सोधखोज गरिरहेको भेटिएको थियो। 

‘मतदान केन्द्रभित्रै त्यस्तो कुनै क्रियाकलाप भएका छैनन्, सामाचारमा आएजस्तो होइन,’ खतिवडाले भने।

शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचनमा बाधा आउनसक्नेगरी कुनै प्रचार नगर्न पनि खतिवडाले आग्रह गरेका छन्। 

कसले कुन संस्थाबाट यस्तो कार्य भएको भन्नेबारे अहिलेसम्म खुलेको छैन। खतिवडाका अनुसार अहिले सो मतदान केन्द्रमा शान्तिपूर्ण रुपमै मतदान कार्य अघि बढिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .