ad ad

राजनीति


जीवन शाहीलाई वाइडबडी भ्रष्टाचारमा फसाइएको भन्दै तरुण नेताले भेटे देउवालाई

जीवन शाहीलाई वाइडबडी भ्रष्टाचारमा फसाइएको भन्दै तरुण नेताले भेटे देउवालाई

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०८० आइतबार १७:३०, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीलाई नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरिदमा फसाइएको भन्दै सभापति शेरबहादुर देउवालाई भेटेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पार्टीका केन्द्रीय सदस्यसमेत रहेका शाहीलाई फसाएको भन्दै तरुण दल केन्द्रीय सदस्य जित क्षेत्रीको नेतृत्वमा आइतबार बूढानीलकण्ठ पुगेको टोलीले देउवाको ध्यानाकर्षण गराएको हो।

‘अनावश्यक कुरामा तथ्यहीन प्रमाणको आधार बनाएर बहुचर्चित नेता शाहीलाई निशाना बनाएर सिङ्गो काङ्ग्रेसमाथिको हमला गरिएको छ’, उनीहरूले भनेका छन्। 

शाहीलाई करिब २४ अर्ब रुपैयाँमा खरिद गरिएका दुईवटा वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचारमा संलग्न भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

करिब २४ अर्ब रुपैयाँका ती दुई जहाज खरिदका क्रममा एक अर्ब ४७ करोड अर्ब रुपैयाँ ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ ८५ पैसा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले तत्कालीन पर्यटन मन्त्री शाहीसहित ३२ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा चलाएको हो। 

अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव एवम् नेवानिका तत्कालीन  संचालक समिति अध्यक्ष शंकरप्रसाद अधिकारी, नेवानिका तत्कालीन नायब महाप्रबन्धक रमेशबहादुर शाह, तत्कालीन निमित्त निर्देशक तथा वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचन र तत्कालीन कायममुकायम निर्देशक रवीन्द्र श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .