राजनीति


एमालेलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै यहाँसम्म आइपुग्यौँ : ओली

एमालेलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै यहाँसम्म आइपुग्यौँ : ओली

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख ८, २०८१ शनिबार १३:०, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै आज तुलनात्मक रूपमा अनुकूल परिस्थितिमा आइपुगेको बताएका छन्।

ललितपुरको गोदाबरीमा शनिबार सुरु राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले उक्त  धारणा राखेका हुन्।

‘पार्टीको दसौँ महाधिवेशन त्यसभन्दा अगाडि पार्टी विभाजनलगत्तै हामीले आयोजना गरेको विधान महाधिवेशन र यो अवधि, पार्टी विभाजन र हामीलाई सरकारबाट हटाइँदाको अवस्था ७७ साल कम चुनौतीपूर्ण थिएनन्,’ उनले भने, ‘महाधिवेशनपछि पार्टी विभाजन सरकारबाट षड्यन्त्रपूर्ण विस्थापन घेराबन्दी पार्टीका विरुद्ध भ्रमपूर्ण प्रचार र आक्रमणका माध्यमबाट पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज हामी तुलनात्मक रूपमा अनुकलन परिस्थिति आइपुगेका छौँ।’

तर अझै चुनौती अन्त्य भने भइनसकेको उनले बताए। 

राजनीतिक स्थायित्व, सुशासन, राष्ट्रिय हित र स्वाभिमानको प्रत्याभूति गर्दै समाजवादको अभिभार पूरा गर्ने कार्यभार एमालेमा रहेको दाबी पनि उलने गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .