राजनीति


माधव नेपालको चेतावनी- एकीकृत समाजवादीको अवमूल्यन गरे देशमा अर्को उथलपुथल

माधव नेपालको चेतावनी- एकीकृत समाजवादीको अवमूल्यन गरे देशमा अर्को उथलपुथल

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८१ शनिबार १५:३४, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको भूमिकाको अवमूल्यन गरे अर्काे उथलपुथल हुने चेतावनी दिएका छन्। 

शनिबार गृहजिल्ला रौतहटको गौर नगरपालिका–२ महादेवपट्टीस्थित लालबकैया नदीमा नवनिर्मित मधेस प्रदेशकै सबभन्दा दोस्रो लामो झोलुङ्गे पुलको उद्घाटन गर्न पुगेका अध्यक्ष नेपालले सत्ता गठबन्धनप्रति लक्ष्य गर्दै त्यस्तो चेतावनी दिएका हुन्। 

‘हामी कसैको दास होइनौँ र कसैको इशारामा चल्ने व्यक्ति पनि होइनौँ। त्यसैले यदि हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन वा बेवास्ता गर्‍यो भने उसले ठूलो मूल्य चुकाउनुपर्छ’, उनले भने, ‘हाम्रो आफ्नै स्वाभिमान र महत्त्व छ, त्यसैले यो कुरा बुझ्यो भने ठीक छ, नत्र सबै उल्टिन्छ र देशमा अर्को उथलपुथल हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .