राजनीति


शेख तमिमको भ्रमण : रासस र कतार न्युज एजेन्सीबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

शेख तमिमको भ्रमण : रासस र कतार न्युज एजेन्सीबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर

हस्ताक्षर समारोह। तस्बिर : रासस


नेपालखबर
बैशाख १२, २०८१ बुधबार १२:३३, काठमाडौँ

राष्ट्रिय समाचार संस्था र कतार न्युज एजेन्सीले समाचारजन्य सूचना आदानप्रदानमा सहकार्य गर्ने भएका छन्। 

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

योसँगै दुई संस्थाले समाचार आदाप्रदानसम्बन्धी सहकार्य गर्नेछन्। 

उक्त समझदारीपत्रमा नेपालका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी र कतार न्यूज एजेन्सीका तर्फबाट हस्ताक्षर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .