राजनीति


मिलनविरुद्ध पुराना दलले अफवाह फैलाए, हामीले चुनाव जितिसक्यौँ : स्वर्णिम वाग्ले

मिलनविरुद्ध पुराना दलले अफवाह फैलाए, हामीले चुनाव जितिसक्यौँ : स्वर्णिम वाग्ले

फाइल तस्बिर


नेपालखबर
बैशाख १२, २०८१ बुधबार १४:३५, मंगलबारे, इलाम

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले इलामको निर्वाचन आफूहरुले जितिसकेको तर निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी रहेको बताएका छन्। 

इलाम उपनिर्वाचनको मौन अवधि सुरु हुनुअगावै बुधबार पार्टीले राखेको बृहत् आमसभामा बोल्दै वाग्लेले चुनाव जितिसकेको बताएका हुन्।

‘राजनीति भनेको अंकगणितको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ तर हामीले चुनाव जितिसकेका छौँ’, वाग्लेले भने।

रास्वपाको तनहुँबाट संघीय सांसद रहेका वाग्ले इलाममा वैशाख १५ मा हुनलागेको उपनिर्वाचनको प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा सक्रिय छन् । बुधबार राति १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु हुनुअगावै आज रास्वपाले इलामको देउमाई नगरपालिकाको मंगलबारेमा तथा इलाम नगरपालिकाको चोक बाजरमा बृहत् आमसभाको आयोजना गरेको छ ।

मन्तव्य राख्ने क्रममा आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूका विरुद्धविरोधी राजनीतिक दलहरुले अफवाह फैलाइरहेको बताउँदै उनले पुराना दलहरु पराजयबाट तर्सिएको बताए। 

‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरु उसको अभियानबाट अत्ताल्लिएका छन् । त्यसैले आरोप प्रत्यारोपमा उत्रिएका छन्’, उनले भने ।

इलामको चुनावी प्रचारप्रसारमा आक्रामक देखिएको रास्वपाका सभापति रवि लामिछाने तथा अन्य नेताहरु यतिबेला इलाममै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .