राजनीति


बझाङ मतगणना : छबिसपाथीभेराको गणना अन्तिमतिर, कांग्रेसलाई माओवादीले उछिन्यो

बझाङ मतगणना : छबिसपाथीभेराको गणना अन्तिमतिर, कांग्रेसलाई माओवादीले उछिन्यो

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १७:५५, काठमाडौँ

बझाङको प्रदेश सभा १ तर्फको उपचुनावअन्तर्गत जारी मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले अग्रता कायम राखेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार छबिसपाथीभेरा गाउँपालिकाको मत गणना अन्तिमतिर पुगेको छ । छबिसपाथीभेरामा ७ वडा छन्।

पछिल्लो मतपरिणाम अनुसार एमालेका भण्डारीले १ हजार ५९३ मतसहित अग्रता कायम राखेका छन्।

नेकपा माअ‍ोवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढा अहिले दोस्रो स्थानमा उक्लिएका छन्। उनले ९९८ मत ल्याएका छन्।
नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह ९५५ मत सहित पछ्याइरहेका छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ५९५ मत प्राप्त गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .