ad ad

राजनीति


सिरोहिया पक्राउ प्रतिशोधपूर्ण, तत्काल रिहा गर : जसपा, नेपाल

सिरोहिया पक्राउ प्रतिशोधपूर्ण, तत्काल रिहा गर : जसपा, नेपाल

जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव


नेपालखबर
जेठ ९, २०८१ बुधबार १३:४१, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा), नेपालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले प्रतिशोधका कारण पक्राउ गरेको आरोप लगाउँदै तत्काल रिहाइको माग गरेको छ। 

जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले बुधबार जारी गरेको विज्ञप्तिमा नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशन गरेकै कारण कान्तिपुरका अध्यक्ष सिरोहियालाई गिरफ्तार गरिएको जिकिर गरेको छ। 

‘लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याइ छ’ विज्ञप्तिमा भनिएको छ, ‘नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो। राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाइ गर्नुपर्दछ। आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहऱ्याउन सरकारलाई सचेत गराइन्छ।’

यस्तो छ जसपा, नेपालको पूरा विज्ञप्ति-

प्रेस विज्ञप्ति
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पूर्वाग्रह तथा प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको विषयमा जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।

लोकतन्त्रको पक्षमा लामो समयदेखि संघर्ष गरेको कान्तिपुर मिडियामाथि आक्रमण गर्नु लोकतन्त्र, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथि निर्मम प्रहार हो भन्ने हाम्रो ठम्याइ छ।

नीतिगत भ्रष्टाचारविरुद्ध निष्पक्ष समाचार प्रकाशित गरेकै कारण पक्राउ गर्नु अत्यन्तै दुर्भाग्यपूर्ण हो। राज्य संयन्त्रको दुरुपयोग गरी सञ्चार क्षेत्रलाई आतंकित पार्ने कार्य रोकी निजलाई तत्काल रिहाइ गर्नु पर्दछ। आगामी दिनमा यस्ता पूर्वाग्रहपूर्ण घटना नदोहऱ्याउन सरकारलाई सचेत गराइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .